चौविस लाखसहित चार जना पक्राउ

नेपालगन्ज – बाँके प्रहरीले चौविस लाख रुपैयासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरु हुण्डी कारोबारी भएको प्रहरीको भनाई छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित ताराकुमारी विसीको घरमा भाडामा रहेको नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिसन वर्कशप नामको टीभी फ्रिज मर्मत गर्ने पसलबाट चौविस लाख ६२ हजार तीन सय १५ रुपैया, हरहिसाव राखेको कपी एक थान, सानो नोट बुक एक थान, विभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसमेत बरामद भएको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का राजेशभुजु श्रेष्ठ, वडा नं. ३ का सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका वडा नं. ७ का निमबहादुर बोहरा र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ७ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ बस्ने राहुल देवललाई पक्राउ गरेको छ ।

error: यो सुविधा उपलब्ध छैन !