डुडुवामा पांच दिन गर्मी बिदा


डुडुवा -अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्र्तगतका सबै शैक्षिक संस्था बन्द गरेको छ ।

विगत केही दिनदेखि बढेको अत्याधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजिवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेले एक सूचना जारी गरि विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गर्न अनुराेध गर्नुभयाे । उहाँका अनुसार अधिकाँस विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरुलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्र्तगत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !