बाँकेमा १२ जना सुत्केरीको मृत्यु


नेपालगन्ज – बाँकेमा चालु आर्थिक वर्षमा १२ जना सुत्केरीको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार, मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् । खजुरा र डुडुवा गाउँपालिकाका २÷२ जना र राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका १÷१ जना रहेका छन् ।
नेपालगन्जलाई मेडिकल सिटी भनिएपनि यही सुत्केरीको मृत्यु धेरै देखिन्छ । घर नजिककै ठूल्ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेकी फोकलपर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मृत्यु भइरहेको जानकारी दिइन् । बच्चा पाएको ४२ दिनसम्म सुत्केरी हुने गरिन्छ । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठले बताइन् ।
जिल्लामा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको छ ।
परिवार नियोजन, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारितासम्बन्धी अन्तरक्रियामा उक्त जानकारी दिइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !