क्यान्सर अस्पतालमा आगलागी


नेपालगञ्ज – बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ ।
अस्पतालमा ५ बजे आसपासमा आगलागी भएको हो । अस्पतालको सिटी स्क्यान रुममा आगो लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो ।
आगो निभाउन नेपालगञ्जबाट दमकल पठाइएको छ । दमकल, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेका छन् । अस्पतालको सिटी स्क्यान मेसिन रहेको कोठामा आगलागी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !