महाेत्सवमा प्रमाेद अाउने

नेपालगञ्ज – नेपालगञ्जकाे वाटरपार्कमा जारी महोत्सवको सांगितिक कार्यक्रममा दर्शकको सहभागिता बढेकाे  छ । स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागी बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढ्दै गएको हो ।
लगातार भएको सार्वजनिक विदा र रङ्गहरुको पर्व होलीको पूर्व सन्ध्यामा शनिबार आयोजित महोत्सवको सांगितिक कार्यक्रममा दर्शकको भीड देखिन्थ्याे ।
महोत्सवको पाँचौं दिन चर्चित लोक दोहोरी गायिका टिका पुनले आफ्ना लोकप्रिय गित गाएर दर्शकलाई नचाइन् । उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमी नाचे ।
आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आइतबार चर्चित गायक प्रमोद खरेल, गायिका पूर्णकला विसी, मोडल निशु श्रीपाली, चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको बेजोड प्रस्तुती रहनेछ ।
मुख्य आकर्षक सांगितिक कार्यक्रमका अलावा महोत्सवमा थारु गाउँ, विभिन्न थरीका झुलाहरुलगायत स्थानीय उत्पादनका राम्राराम्रा वस्तुहरु समेत पाइने गरेको छ ।
डिजे लाईट र दमदार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्सर्ट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ ।
महोत्सवमा १७५ स्टल प्रर्दशनीमा राखिएको छ । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !