४३ जनाले लिए एन्फा कम्युनिटी काेचिङ काेर्स

नेपालगञ्ज – नेपालगञ्जमा ४३ जनाले एन्फा कम्युनिटी काेचिङ काेर्स लिएका छन् ।

डी ग्रेडकाे फुटबल प्रशिक्षक उत्पादन गर्न याे प्रशिक्षण दिइएकाे हाे ।

बांके जिल्ला फुटबल संघकाे अायाेजनामा चार दिनसम्म चलेकाे प्रशिक्षण शुक्रबार सम्पन्न भएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बांके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाही, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गाेवर्दनसिंह सम्झना, नेपाली फुटबल टीमका पूर्व कप्तान एवं एन्फाका निमित्त प्राविधिक निर्देशक हरि खड्का, एजुकेशनल हेड प्रशिक्षक सन्जित सिंहलगायतले सहभागी प्रमाणपत्र वितरण गरेका थिए ।

साे अवसरमा मेयर विष्टले फुटबलकाे विकासका लागि अाफूले गर्न सक्ने सहयाेग गर्ने बताउनु भयाे । उहांले याे चार दिन सिकेकाे ज्ञानलाई बालबालिकामा प्रयाेग गरेर राम्रा खेलाडी उत्पादन गर्न अाग्रह गर्नु भयाे ।

एन्फाका सदस्य एवं बांके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले राम्रा खेलाडी उत्पादन गर्न ग्रासरुटमा जानु पर्ने भएकाले अहिले प्रशिक्षण लिएका प्रशिक्षकलाई साथमा लिएर अघि बढ्ने बताउनु भयाे ।

पछिल्लाे १५ दिनमा बांकेमा एन्फा कम्युनिटी काेचिङ काेर्स नेपालगञ्ज र काेहलपुरमा भएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !