जंगली जनावरको आक्रमणबाट मृत्यु


नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९, भालुखोला नजिक एक जनाको शव फेला परेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भालुखोला नजिक सल्यान घर भई ढकेरीमा आफन्तीको घरमा बस्ने नरेन्द्रप्रसाद शर्माको शव फेला परेको हो ।
शर्मालाई जंगली जनावरले आक्रमण गरेको देखिन्छ । शरीरमा नंग्राले कोतरेको छ भने गिदी र एउटा साप्रा छैन ।
सडकछेउमा शव फेला परेको थियो । शर्मालाई भालु या बाघले आक्रमण गरेको आशंका गरिएको छ । बाघले आक्रमण गरेको भए शवलाई घिसारेर लैजाने भएकाले भालुको आक्रमण हुन सक्ने आकलन गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) मनोजकुमार साहले घटनाका बारेमा आफूलाई केही थाहा नभएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !