जुत्ता चप्पल व्यवसायी संघद्वारा रक्तदान


नेपालगञ्ज – नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघले रक्तदान गरेको छ ।
‘रक्तदान, जीवन दान’ भन्ने मूल नाराका साथ संघले चौथो रक्तदान कार्यक्रम गरेको हो । संघका अध्यक्ष कविराम जैसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संस्थापक अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष कमलप्रसाद पौडेलको उपस्थिति थियो ।


संघका कोषाध्यक्ष रविन पौडेलका अनुसार, निवर्तमान अध्यक्ष पौडेलले रगत दिएर कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
रगतको अभावमा कोहीले पनि ज्यान गुमाउन नपारेस् भन्दै संघले बेलाबेलामा रक्तदान गर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !