डांकाकाे अाक्रमणबाट मृत्यु


नेपालगञ्ज – डांकाकाे समूहले अाक्रमण गर्दा बांकेमा एक जनाकाे मृत्यु भएकाे छ ।
गएराती ४/५ जनाकाे संख्यामा घरमा अाएका डांकाकाे प्रतिकार गर्दा घाइते भएका जानकी गाउंपालिका वडा नम्बर ३ ईन्द्रपुरका सन्ताेष कठरिया थारुकाे मृत्यु भएकाे बांके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बाेहराले जानकारी दिए । डांकाकाे अाक्रमणबाट सन्ताेषकी श्रीमती घाइते छन् ।
सन्ताेषकाे घरमा राती १२.३० बजेतिर लुटेरा अाएका थिए । उनीहरुकाे सन्ताेषले प्रतिकार गरे । त्यसक्रममा उनलाई दाउराले हानियाे । गम्भीर घाइते रहेका सन्ताेषकाे उपचारकाे क्रममा राती नै मृत्यु भएकाे छ ।
एसपी बाेहराका अनुसार, लुटेराले दुई थान माेबाइल, ४० हजारजति नगद र कानकाे फुली लगेका छन् । सन्ताेषकाे घर एकान्तमा रहेकाे छ । वरिपरि अन्य घर छैनन् ।
बांके प्रहरीले लुटेरा समूहकाे खाेजी गरिरहेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !