आयोडिन महिनामा विविध कार्यक्रम


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका र साल्ट टे«डिङ कर्पोरेसन नेपालगञ्जले फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा विविध कार्यक्रम गरेर मनाउने भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरुमा सन्देशमूलक ब्यानर राख्नुका साथै सेवाग्राहीलाई नुनको महत्वबारेमा बुझाउने स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
साल्ट टे«डिङ कर्पोरेसनका प्रमुख मनोज चौधरीले स्वास्थ्य संस्था, स्कूल र हाट बजारहरुमा तुल ब्यानर लगाउने बताउनुभयो । हामीले नुनको बारेमा जानकारी दिन १५ ठाउँमा तुल ब्यानर लगाउँछौं चौधरीले भन्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार आयोडिन महिनामा गर्ने कार्य र नुनको बारेमा पत्रकारसँग अभिमुखीकरण गरेको छ । स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीले नुनको प्रयोग, त्यसको कम र बढी प्रयोगले हुने हानी नोक्सानीका बारेमा जानकारी गराउनु भएको थियो ।
पछिल्लो समयमा आयोडिन नुनको प्रयोग गर्नेको संख्या बढेको छ । साल्ट टे«डिङ कर्पोरेसनका नेपालगञ्जका प्रमुख चौधरीले साविकको मध्यपश्चिमाञ्चलका जिल्लाहरुमा ८० प्रतिशतले प्याकेटको नुन खाने गरेको जानकारी दिनुभयो । ती जिल्लामा नेपालगञ्जबाट प्याकेटको नुन ढुवानी गरेर पठाउने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !