पर्यटक बढाउन ‘टुर दि ठाकुरद्वारा’


नेपालगञ्ज – बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा गरिएको    छ ।
नेपालगञ्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दिरबाट आज विहान आठ बजे साइकल यात्रा शुरु भएको छ । विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायतको उपस्थितिमा नेपालगञ्जको मेयर प्रशान्त विष्टले ‘टुर दि ठाकुरद्वारा’को उद्घाटन गर्नुभयो ।


६ वर्षदेखि ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्रा हुँदै आएको छ । नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको एक सय तीन किलोमिटरभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर साइकलयात्रीले प्रचार प्रसार गर्ने गर्दछन् ।
साइकलयात्रामा भारतका १५ जनासहित धरानदेखि महेन्द्रनगरसम्मका २ सय २५ जना सहभागी रहेको क्लवका निवर्तमान अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो । बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार गर्न थालिएको ‘टुर दि ठाकुरद्वारा’को २७ लाख खर्च रहेको क्लवका अध्यक्ष प्रदीप सापकोटाले बताउनुभयो । साइकलयात्रा भोली सकिने छ । यात्रामा चिकित्सक, उद्योगी व्यापारी, राजनीतिज्ञको पनि सहभागिता रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !