प्रतिभा खाेज्दै खजुरा


खजुरा – बाँकेको खजुरा गाउँपालिकामा शनिबारदेखि बृहत् साहित्य कार्यक्रम आयोजना गरिने भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि साहित्य कार्यक्रमको आयोजना गर्न लागेको हो ।
खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्रबहादुर भण्डारीका अनुसार, विभिन्न ७ विद्यामा ३ दिन कार्यक्रमका आयोजना हुनेछ । जसमा गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला रहेका छन् ।
‘१३ र १४ गते ७ विद्यामा प्रतियोगिता गराइन्छ र १५ गते उत्कृष्ठ र विद्यागत उत्कृष्ठ विद्यार्थीलाई सम्मान र पुरस्कृृत गरिन्छ,’ डा.भण्डारीले भने,‘योभन्दा पहिला केही विद्याहरुमा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । तर एकैपटक बृहत रुपमा भने पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।’
कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उनले बताए । कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता लिन पाउने उनको भनाइ छ ।
खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार, खजुरा गाउँपालिकाभित्र रहेका विद्यार्थीहरुको प्रतिभा बाहिर निकाल्न बृहत् कार्यक्रमको आयोजना गर्न लागिएको छ । उनले खजुरा गाउँपालिका साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको र यो कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने शर्माले बताए ।
प्रज्ञा प्रतिष्ठानले उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागेको हो ।


error: यो सुविधा उपलब्ध छैन !