नेपालगञ्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु


नेपालगञ्ज – नेपालगञ्जमा आजदेखि राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।
करिव २५ वर्षपछि नेपालगञ्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेका छन् । सो अवसरमा सदस्य सचिव भट्टराईले नयाँ पुस्तालाई ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउन र खेलिरहेका खेलाडीलाई टिकाइरहन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाका अनुसार, १३ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका दुई सय ५० जना खेलाडी आएका छन् । प्रतियोगितामा २२ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।


लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष डबल, महिला एकल, पुरुष युगल बी लेभल र ४५ प्लस भेट्रान्स डबल्स राखिएको छ । प्रतियोगितामा पुरुष एकलमा प्रथमलाई ७० हजार, द्वितियलाई ३५ हजार, तृतिय र चौथोलाई १५÷१५ हजार, महिला एकलमा प्रथमलाई ६० हजार, द्वितियलाई ३० हजार, तृतिय र चौथोलाई १५÷१५ हजार, पुरुष डबलमा प्रथमलाई ५० हजार, द्वितियलाई २५ हजार, तृतिय र चौथोलाई १५÷१५ हजार, पुरुष डबल बी लेभलमा प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, तृतिय र चौथोलाई १०÷१० हजार, पुरुष भेट्रान्समा प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, तृतिय र चौथोलाई १०÷१० हजार पुरस्कार राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !