बागेश्वरी फुटसल सञ्चालनमा
नेपालगञ्ज – बाँके जिल्लामा अर्को फुटसल सञ्चालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुटसल एण्ड स्पोर्टस् हव सञ्चालनमा आएकाे हाे । याेसंगै जिल्लामा तीन वटा फुटसल भएकाे छ ।
बागेश्वरी फुटसलका अध्यक्ष प्रितम विष्टका अनुसार, बागेश्वरी फुटसलकाे आकार २०×३८ मिटर रहेको छ । जुन नेपालगञ्ज मा रहेका अन्य फुटसल भन्दा ठूलो हो । ‘हामीले नेपालगञ्ज मा केही नयाँ गरौंं भनेर स्वास्थ्यका लागि खेलकुद नारा राखेर बागेश्वरी फुटसल सुरु गरेका छौं र नेपालगञ्जमा रहेका अन्य फुटसल भन्दा यो ठूलो छ,’ अध्यक्ष विष्टले भने ।
विष्टले हालसम्म बागेश्वरी फुटसलमा ७० लाख रुपैयाँको लगानी भइसकेको बताउँदै बाँकी केही संरचना निर्माण गर्नका लागि थप रकम खर्च हुने बताए । हाल बागेश्वरी फुटसलमा खेल मैदानसँगै शौचालय, चेन्जिङ कोठालगायतका संरचना निर्माण भइसकेको उनले बताए ।
आइतबारदेखि संचालनमा आएको बागेश्वरी फुटसलको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले गरेका छन् ।
सो क्रममा विष्टले नेपालगञ्जमा फुटसलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताउँदै ‘स्वास्थ्यको लागि खेलकुद’ नारालाई बागेश्वरी फुटसल एउटा खुट्किलो बनेको बताए ।
बागेश्वरी फुटसलले नियमित फुटसल खेल्न आउने प्रति व्यक्तिको लागि मासिक २ हजार र समूहका लागि २२ हजार रुपैयाँ मासिक शुल्क तोकेको छ ।