रक्षामन्त्री खड्काले भेरीका घाइते भेटे
नेपालगञ्ज – रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा पुगेर भुकम्पका घाइतेलाई भेटेका छन् ।
अस्पतालमा रहेका घाइतेलाई भेटेका मन्त्री खड्काले उपचारमा कुनै कमी नहुने अाश्वासन दिएका छन् ।
भारतीय राजदुताबासले नेपालगञ्ज बिमानस्थलमा ल्याएर दिन थालेकाे राहत सामाग्री बुझ्न मन्त्री खड्का नेपालगञ्ज अाएका हुन् ।
खड्कासंगै कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायतकाे टीम नेपालगञ्ज अाएकाे छ ।
भेरीमा ३७ जनाकाे उपचार भइरहेकाे छ ।