भेरीमा ३८ जना घाइतेकाे उपचार
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा थप ६ जना घाइतेलाई उपचारका लागि ल्याइएकाे छ । याेसंगै भेरीमा ३८ जना घाइतेकाे उपचार भइरहेकाे छ । एक जनाकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।
भुकम्पका फाेकलपर्सन नरेश श्रेष्ठका अनुसार, जाजरकाेटका २९ र पश्चिम रुकुमका १० जनाकाे यहाँ उपचार भइरहेकाे छ ।
भेरीमा घाइतेकाे उपचारमा कुनै कमी हुन दिइएकाे छैन । अस्पताललाई स्थानीय तहले पनि जनशक्ति सहयाेग गरेका छन् ।
उपचारमा महिला २१, पुरुष १८, बालबालिका १२, गर्भवती १ र जेष्ठ नागरिक ५ जना रहेका छन् ।
जाजरकाेट र पश्चिचम रुकुममा गएकाे भुकम्प प्रभावितलाई बांके स्थानीय तहले सहयाेग गरेका छन् ।