घाइतेका लागि विहानैदेखि रक्तदान


नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्ज परिसरमा रहेको रक्त सञ्चार केन्द्रमा विहानैदेखि रक्तदान भइरहेको छ ।
जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितको सहयोगका लागि नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटि र अनेरास्ववियुले विहानैदेखि खुल्ला रक्तदान कार्यक्रम गरिरहेका छन् ।
एमालेका जिल्ला नेता मिनबहादुर मल्लका अनुसार, दिउँसो साढे एक बजेसम्ममा ५० युनिट रगत जम्मा भएको छ । कार्यक्रम साँझसम्म नै चल्छ ।
दुवै जिल्लाका घाइतेलाई धमाधम नेपालगञ्ज ल्याइएको छ । ती विरामीलाई रगत आवश्यक पर्छ नै । त्यसका लागि अनेरास्ववियुका नेता तथा कार्यकर्ताले सहयोग गरेका छन् । रक्तदान स्थलमा गएर जसले पनि रगत दिन सक्छन् ।


error: यो सुविधा उपलब्ध छैन !