पालिकाबाट धमाधम सहयोग
नेपालगञ्ज – जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि बाँकेका चार वटा स्थानीय तहले दश लाख बढीको सहयोग गर्ने निर्णय गरेका छन् ।
पालिकाहरुले खाद्य र गैरखाद्य सहयोगसँगै स्वास्थ्यकर्मीको टीम परिचालन गर्ने निर्णय गरेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा पालिकाले गर्ने सहयोगबारेमा निर्णय गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झुल, पिफर्मसँगै सय परिवारलाई पुग्ने सामाग्री, मेडिकल टीम परिचालन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले दुई लाख बराबरका औषधी र खाद्यान्न उपलब्ध गराउने बताएको छ । राप्तीसोनारी गाउँपालिकाले एक लाख बराबरको औषधी, ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टीम परिचालन गर्ने भएको छ । उसले २० थान कम्बल र २० थान त्रिपाल पनि सहयोग गर्नेे बताएको छ । खजुरा गाउँपालिकाले तीन लाख बराबरको औषधी सहयोग गर्ने भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने, केमिकल एण्ड मेडिकल एशोसेसन सप्लायर्स सर्जिकल प्रालिबाट ३ सय ५० केजी चिउरा र ९ी चिउरा र ९ सय प्याकेट चाउचाउ उपलब्ध गराउने, केयर नेपाल र एडब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, म्ब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गर्ने, नेपालगञ्ज ग्रिन सिटीका तर्फबाट २५ बोरा चामल, दुई सय केजी चिउरा र ४० पेटी चाउचाउ सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
यी सबै सामाग्रीलाई राँझास्थित मानवीय सहायता कक्षामा संकलन गर्ने र घाइते लिएर आएको जहाजमा पठाउने तयारी भएको छ ।