नेपालगञ्जमा घाइते ल्याउन शुरु, भेरीमा बेड र डाक्टर तयारी अवस्थामा

नेपालगञ्ज – भुकम्ममा परी घाइते भएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगञ्ज ल्याउन शुरु गरिएको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा जाजरकोटका २ जना घाइतेलाई ल्याइसकिएको छ । अरु ६ जना बाँके आइसकेर अस्पताल पुग्दै छन् । रुकुम पश्चिमबाट जहाजमा १० जना ल्याउने तयारी गरिएको छ ।
दुवै जिल्लाका घाइतेलाई भेरीमा ल्याउने भनिएपछि अस्पतालमा बेड र डाक्टरलाई तयारी अवस्थामा राखिएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीले ८० वटा बेड र डाक्टरलाई तयारी अवस्थामा राखेको जानकारी दिए । ‘घाइतेलाई भेरीमा ल्याउने कुरा छ । त्यस अनुसार हामीले बेड र डाक्टरलाई तयारी अवस्थामा राखेका छौं, मेसु रायमाझीले भने, भेरीमा नअट्ने अवस्था आएमा मेडिकल कलेजमा पठाउने कुरा छ ।’
गएराती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्नीच्यूडको भुकम्प जादा जाजरकोट र पश्चिम रुकुममा ठूलो मानवीय क्षति पु¥याएको छ । जाजरकोटमा ९२ र पश्चिम रुकुममा ६२ जनाको मृत्यु भएको बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !