अदालतमा रिगल

नेपालगञ्ज – बांके प्रहरीले रिगल भनिने याेगराज ढकाललाई अदालतमा उपस्थित गराएकाे छ ।
हिजाे सेतुबिक चाेकबाट पक्राउ गरिएकाे रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएकाे हाे ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएकाे जानकारी दिए । अब अदालतले उनलाई कारागार पठाउंछ ।
रिगललाई बांके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासंग झडप हुन सक्ने धेरैले अाकलन गरेका छन् । किनकी झडपकै डरले यसअघि रिगललाई नेपालगञ्ज ल्याउन दिइएकाे थिएन ।

२०७२ असार २८ गते चेतन मानन्धरकाे हत्या गरेकाे अभियाेगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएकाे छ । संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए । चेतनकी श्रीमती भारतीले अाममाफी बदरकाे माग गरेर सर्वाेच्च गएपछि अदालतले अाममाफीलाई उल्ट्याइदिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !