१४ वर्षीय किशोर लागु औषधसहित पक्राउ


नेपालगञ्ज – बाँके प्रहरीले १४ वर्षीय किशोरसहित चार जनालाई लागु औषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, धनौली खजुराको टोलीले खजुरा गाउँपालिका वडा नं. ६, सिमलघारीबाट १४ वर्षीय किशोर र २० वर्षीय कालु सुनारलाई सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले सिमलघारीबाटै दुई ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई पक्राउ गरेको छ । लागु औषधको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
बाँकेका बालक र किशोर लागु औषध र चोरीमा बढी फेला समातिने गरेका छन् । लागु औषधको लतमा लागेकाहरु चोरीमा संलग्न भएको पाइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !