प्रदेशका योजना कार्यान्वयनबारे खत्रीको चासो


नेपालगञ्ज – लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले चालु आर्थिकबर्षमा विनियोजना भएका योजनाहरुको कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुभएको छ ।

बाँके क्षेत्र नम्बर ३(१)बाट निर्वाचित प्रदेशसभा सदस्य खत्रीले आइतबार सडक पूर्वाधार विकास कार्यालयमा पुगेर कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर ललितबहादुर न्यौपानेसँग  सडक र पुलका योजना बारे जानकारी लिएर तत्काल कामसुरु गर्न आग्रह गर्नुभयो ।
यसैगरी प्रदेशसभा सदस्य खत्रीले आइतबार नै सहरी विकास तथा भवन कार्यालय पुगेर वस्ती विकाससँग सम्बन्धित योजनाको कार्यान्वयनको बारेमा निमित्त कार्यालय प्रमुख ईञ्जिनियर राम आशिषदाषसँग जानकारी लिनुभयो । सो अवसरमा दुवै कार्यालयका प्रमुखहरुले योजनाको टेण्डर प्रक्रिया सुरु भएको छिट्टै टेण्डर सकेर कार्यान्वयनमा जाने जानकारी दिनुभयो ।

खत्रीले योजना छनौंट मात्रै नभई कार्यान्वयन महत्वपूर्ण भएको भन्दै योजना कार्यान्वयनमा जटिलता भए सहजिकरण आफुले गर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !