समावेशी प्यानलको नेतृत्व गर्दै धामी
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामीको नेतृत्वमा समावेशी प्यानल बनाइएको छ ।
धामी नेतृत्वको बाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, उद्योग उपाध्यक्षमा चिरञ्जीवी ओली, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीमबहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा र कोषाध्यक्षमा सलाउद्दिन जसगढ रहेका छन् ।
भदौ २ गते हुने संघको निर्वाचनमा समावेशी प्यानलबाट इन्दिराकुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्रसिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुद्दिन अन्सारी सदस्य उम्मेदवार रहेका छन् । एशोसियट सदस्यमा कमल कार्की र राजी तलंगा तथा बस्तुगत सदस्यमा फडाधर भण्डारी र रंगबहादुर खड्का रहेका छन् ।
यो प्यानलमा माओवादी केन्द्र, एमाले, राप्रपा र स्वतन्त्र पार्टीको केहीले सहयोग गरेको बुझिएको छ । चुनावी मिति घोषणासँगै उम्मेदवारहरु व्यापारीको घर र पसलमा मत माग्न पुगिसकेका छन् ।
संघमा चार हजार ९ सय ३१ जना सदस्य छन् । साधारणतर्फ चार हजार ७ सय २०, एशोसियसटतर्फ १ सय ८२ र सम्बद्धमा २९ सदस्य रहेका छन् ।