खजुरामा सडक जाम

नेपालगञ्ज – बाँकेको खजुरामा छिटो सडक बनाउन माग राख्दै स्थानीयले सडक जाम गरेका छन् ।
एक हजार आठ सय मिटर सडक खण्ड ५ वर्षमा नबनेपछि स्थानीय आक्रोशित बनेका हुन् । खजुरा क्षेत्र संरक्षण समितिको आव्हानमा शनिबार दुई घण्टा सडक जाम गरिएको हो ।
गजुरमुखी कन्ट्रक्सन, इलामले २०७४ चैत्रदेखि २०७७ चैत्रमा सम्पन्न गर्ने सम्झौता गरेको उक्त खण्ड अहिलेसम्म सम्पन्न नभएपछि खजुरावासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
यो खण्डमा ५ वर्षमा सडक खनेर पहिलो चरणको गिट्टी विछ्याउने काम भएको छ । खजुरा क्षेत्र संरक्षण समितिले एक घर एक जना उपस्थित हुन आव्हान गरेर शनिबार दुई घण्टा चक्काजाम गरेको अध्यक्ष प्रेम बुढाथोकीले बताउनुभयो ।
नेपालगञ्ज–गुलरिया सडक खण्ड फोरलेनको बनिरहेको छ । गजुरमुखीले खजुराको एक हजार आठ सय मिटर र गुलरियाको दुई हजार दुई सय मिटर सडक खण्डका लागि २१ करोड ४९ लाखमा ठेक्का सम्झौता गरेको छ ।
खजुराका स्थानीय सतिश निरौलाले काम गरेको भन्दा बढी भुक्तानी दिंदा ठेकेदारले लापरबाही गरेको बताउनुभयो ।
खजुरा गाउँपालिकाले सडक निर्माण गर्न पटक–पटक ताकेता गरेपनि ठेकेदारले विभिन्न बहाना बनाउने गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले केही समस्या भए आउनुस् बसेर कुरा गरौं काम छिटो गर्नु प¥यो भनेर पटक–पटक आग्रह गर्दा ठेकेदार बामदेव रेग्मीले विभिन्न बहाना बनाउने गरेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !