नेपालगञ्ज-१३ का कार्यवाहक वडाध्यक्ष घुससहित पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यबाहक वडाध्यक्ष घुससहित पक्राउ परेका छन् ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत घुस मागेपछि कार्यबाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयाेगी गंगाराम बृजपासी ९ हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियारकाे टाेलीले उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !