सिद्धार्थका ग्राहकलाई थोपामा विशेष छुट

नेपालगञ्ज – सिद्धार्थ बैंकका ग्राहकले नेपालगञ्जस्थित थोपा प्रयोगशालामा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र थोपा प्रयोगशालाबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार सिद्धार्थ बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले थोपा प्रयोगशाला नेपालगञ्जमा सम्पूर्ण प्रयोगशाला जाँचमा २० प्रतिशत छुट पाउने जनाइएको छ ।

व्यक्तिगत र चिकित्सकको सुझावअनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा बैंकका ग्राहकलाई थोपा प्रयोगशालाले २० प्रतिशत छुट दिने यसका सञ्चालक सुलभ आचार्यले जानकारी दिनुभयो । प्रयोगशालाले बैंकमा कार्यरत कर्मचारीहरुलाई समेत विशेष छुट प्रदान गर्नेछ ।

सम्झौतामा बैंकका ब्रान्च म्यानेजर किरण राना मगर र थोपा प्रयोगशालाका सञ्चालक सुलभ आचार्यले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअन्तर्गत सिद्धार्थ बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत प्रयोग गर्ने ग्राहकहरुले छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

थोपा प्रयोगशालाले अहिले विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट Thyroid Function,Tumor Marker,Fertility\ Hormone Test, Infectious Disease, Anemia Test, एलर्जीको लागि IgE परीक्षण गरिरहको जनाएको छ । “सैबजसो उपकरणहरुUSFDA मान्यता प्राप्त छन्,” सञ्चालक आचार्यले भन्नुभभयो–”यी सबै उपकरणहरुको Precision बढि भएकाले रिर्पोटको एक्कुरेसी बढी रहन्छ ।”

यस्तै HbA1c टेष्टको Gold Standard Technology HPLC र अरु Haemoglobinopathy (सिकलसेल, थ्यालेसिमिया ) समेत HPLC बाट भइरहको प्रयोगशालाका इन्चार्ज आकाश मिश्रले जानकारी दिनुभयो ।

प्रयोगशालामा Biochemistry को सबै जाँचहरु Full Automation विधिबाट भइरहको मिश्रले बताउनुभयो। प्रयोगशालामा बाथरोग सम्बन्धिका जाँचहरु ( RF, CRP, Anti- CCP ) साथै PBS, Pap Smear Test, FNAC समेत भईरहको बताइएको छ । प्रयोगशाला इन्चार्ज मिश्रका अनुसार थोपामा माइक्रोबायोलोजीको कल्र्चर, एन्टिबायोटिक सेन्सिटीभीटी टेष्ट पनि गरिन्छ ।

प्रयोगशालाले नेपालगञ्ज – १० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !