एमाले बाँकेको अध्यक्षमा गुरुङ
नेपालगन्ज – नेकपा एमाले, बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी भएका छन् । गुरुङले प्रत्यासी डिल्ली विसीलाई एक सय ३७ मतान्तरले पछाडी पारेका हुन् ।
९ औं जिल्ला अधिवेशनको अन्तिम नतिजा अनुसार, गुरुङले दुई सय ९१ मत पाएका छन् । अध्यक्ष प्रत्यासी विसीले एक सय ५४ मत ल्याए । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा अन्तिममा किस्मतकुमार कक्षपतिले उम्मेदवारी फिर्ता लिदै गुरुङलाई समर्थन गरेका थिए ।
उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । खत्रीले तीन सय १३ मत ल्याउदा प्रत्यासी रविन्द्र लम्सालले एक सय ३८ मत ल्याएका छन् । सचिवमा बलराम भट्टराई विजयी भएका छन् । सचिवका चार जना उम्मेदवार रहेकोमा भट्टराईको निकटतम प्रतिस्पर्धी खिलप्रसाद भूसाल भएका छन् । भूसालले एक सय १७ मत ल्याएका थिए । भीम वलीले ९५ र दत्तप्रसाद आचार्यले ८८ मत ल्याएका थिए ।
सहसचिवमा किशोर थापा ठूलो मतान्तरले विजयी भएका छन् । थापाले दुई सय ६३ मत ल्याउदा प्रतिस्पर्धी दीपककुमार बर्माले एक सय २९ र सोहनलाल यादवले ४५ मत ल्याएका थिए । महिला सहसचिवमा निर्मला सुनार विजयी भएकी छन् । सुनारले एक सय ९८ मत ल्याउदा प्रतिस्पर्धी शारदा विकले एक सय ३४ र रचना श्रेष्ठले एक सय १५ मत ल्याएका थिए ।
जेठ ४ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन आज सकिएको छ ।