थप एक जनालाई काठमाडाै लगियाे

नेपालगञ्ज – दैलेखकाे अाठबीस नगरपालिकाकाे जंगलमा लागेकाे अागलागीमा परेर घाइते भएका थप एक जनालाई काठमाडाै लगिएकाे छ ।

नेपालगञ्जकाे भेरी अस्पतालमा उपचार गराइरहेका प्रजा विकलाई शुक्रबार साढे चार बजे बुद्ध एयरकाे जहाजबाट काठमाडाै लगिएकाे हाे ।

अागलागीमा परेका दस जनामध्ये अाठ जनालाई नेपालगञ्ज ल्याइएकाे थियाे । एक जनाकाे मृत्यु भएकाे छ भने चार जनालाई हिजाे नै काठमाडाै लगिएकाे थियाे । नेपालगञ्जमा अब दुई जनाकाे उपचार भइरहेकाे छ । माेतीराम विक र छात्र विककाे मेडिकल कलेजमा उपचार भइरहेकाे छ।


error: यो सुविधा उपलब्ध छैन !