उपचार गर्न गुजरात गएका तीनसहित सात जनालाई काेराेना

नेपालगञ्ज – उपचार गर्न भारतकाे गुजरात गएका तीनसहित सात जनालाई काेराेना देखिएकाे छ ।

बांके खजुुराका तीन जना उपचार गर्न गुजरात गएका थिए । घर फर्किदा उनीहरुमा काेराेना देखिएकाे छ ।

भारतबाट फर्किएका सल्यानका दुई जना, बर्दिया र जुम्लाका एक/एक जनालाई पनि काेराेना देखिएकाे छ ।

भारतकाे विभिन्न ठाउंमा माैसमी काम वा उपचार गर्न गएका नेपालीलाई फर्किदा काेराेना देखिएकाे हाे ।

भारतबाट फर्किने नेपालीकाे नेपालगञ्जकाे नाकामा काेराेना, मलेरिया र टीबी जाँच हुने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !