४८ घण्टा नाका बन्द

नेपालगञ्ज – भारतकाे सीमावर्ती दुई जिल्लामा हुन थालेकाे स्थानीय निर्वाचनले गर्दा ४८ घण्टा नेपालगञ्ज नाका बन्द हुने भएकाे छ ।

उत्तर प्रदेशकाे श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेकाे नगर निकाय निर्वाचनले गर्दा १९ गते सांझ ६ बजेदेखि २१ गते सांझ ६ बजेसम्म नेपालगञ्ज नाका सील हुने बांकेका सहायक प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र केसीले जानकारी दिनु भयाे ।

सहायक प्रजिअ केसीका अनुसार, हरियाे तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शबबाहनबाहेक अन्य अावतजावत बन्द गरिएकाे छ ।

चुनावकाे बेलामा अपराधिक गतिविधि हुन सक्ने भन्दै सीमावर्ती जिल्लाका अधिकारीले नेपाल र भारतमा चुनाव हुंदा नाका बन्द गर्ने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !