वडाध्यक्षले दिए आठ कक्षाको परीक्षा

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाका एकजना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन् ।

वडा नं. ५ का वडाध्यक्ष गरिवे शेषले आठ कक्षाको परीक्षा दिएका हुन् । खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन् ।

‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाई छ । वडाध्यक्ष शेषले अगाडिको कक्षाको परीक्षा दिने बताएका छन् ।

शेषका छोरा कक्षा ९ मा पढ्छन् । भतिजो पनि पढेलेखेका छन् । छोरा र भतिजोसँग नियमित कक्षा लिएर शेषले परीक्षा दिएका छन् । भानु माविका शिक्षक जिआउल हकले पनि घरमा आएर पढाइदिन्थे ।

सोमबार परीक्षा सिधिएपछि पालिकामा आइपुगेका शेषले राजनीतिमा योग्यता चाहिने भएकाले पढ्न शुरु गरेको बताए ।

त्यसो त शेष भानु माविको व्यवस्थापन समितिको अध्यक्ष हुन् । भारी मत अन्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै उनी अध्यक्ष भएका थिए । माविको व्यवस्थापन समितिको अध्यक्ष हुन भने एसएलसी पास भएको हुनुपर्छ । शेषसँग त्यो प्रमाणपत्र भने थिएन ।


error: यो सुविधा उपलब्ध छैन !