काेहलपुरमा जनतासंग मेयर कार्यक्रम

काेहलपुर – कोहलपुर नगरपालिकाले `जनतासँग मेयर´ कार्यक्रम सुरु गरेको छ ।
कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये सबैभन्दा पिछडिएको वडा नम्बर ७ बाट जनतासँग मेयर कार्यक्रम सुरु गरिएको हो ।
कोहलपुर नगरबासीको समस्या, गुनासो तथा सुझाव सुन्ने र त्यसलाई सम्बोधन गर्ने सवालमा भैरहेका पहल र प्रयासबारे जानकारी गराउने उद्देश्यले जनतासँग मेयर कार्यक्रम सुरु गरिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनु भयो । उहाँले आफुहरुको ध्यान कोहलपुर नगरपालिकाको सन्तुलित विकासमा केन्द्रित रहेको पनि स्पष्ट पार्नुभयो । त्यसका लागि जनताका समस्या, गुनासा र सुझाव सुन्न जनताकै माझ जान जरुरी रहेकाले जनतासँग मेयर कार्यक्रम सुरु गरिएको नगर प्रमुख आचार्यको भनाइ छ ।
`कोहलपुर नगरपालिकालाई समृद्ध नगर बनाउने अभियानमा छौं उहाँले भन्नुभयो- `त्यसकालागि कुनै एउटा वडा विकसित भएर हुँदैन । त्यसैले सबै वडालाई विकसित बनाउने गरि योजना बनाइएको छ ।´ एउटा वडा समृद्ध हुँद अर्को वडा कर्णाली जस्तै दुर्गम हुन नहुनेमा आफु सचेत रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । जनतासँग मेयर कार्यक्रम क्रमश सबै वडामा हुने पनि उहाँले जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठग्गा थारुको सभापतित्वमा भएको जनतासँग मेयर कार्यक्रममा वडाका जनप्रतिनिधि,  सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि,बुद्धिजीवी, समाजसेवी, स्थानीयबासी,  बिद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता लगायतमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । त्यसक्रममा स्थानीयबासीहरुले नगरपालिकाले प्रबाह गरेका सेवाहरु, आफ्नो टोल तथा वडाको विकासमा भैरहेका पहलकदमी, स्थानीयबासीले झेल्नु परेका बाटोघाटो, नाला, ढल तथा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न समस्या बारे जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आलेले जानकारी दिनुभयो ।

error: यो सुविधा उपलब्ध छैन !