लघु वित्त पीडितको प्रदर्शन र धर्ना

नेपालगञ्ज – लघु वित्तीय संंस्था पीडितले नेपालगञ्जमा प्रदर्शन र धर्ना दिएका छन् ।

लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले नेपालगञ्जमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।

धम्बोझीस्थित विशालचोकबाट शुरु भएको प्रदर्शन धम्बोझी, वीपीचोक, त्रिभुवनचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्नामा परिणत भएको थियो ।

लघु वित्तले धेरैको उठीबास लगाएको र मर्न बाध्य पारेको भन्दै उनीहरुले लघु वित्तका कर्मचारी घरघरमा आएमा लखेट्ने चेतावनी दिएका छन् ।

संघर्ष समितिले केही दिनअघि कोहलपुरमा प्रदर्शन गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !