खजुरा युनाइटेड सेमिफाइनलमा
नेपालगञ्ज – खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ । खजुरा युनाइटेडका लागि निरज सुनारले १६औं मिनेट र सरोज क्षेत्रीले ३३औं मिनेटमा गोल गरेका थिए ।
मंगलबार नै भएको अर्को खेलमा सहारा क्लब इन्डियाले दाङको एसएसएफएलाई २–० ले पराजित ग¥यो ।
सहाराका लागि बल शाहले १६औं मिनेटमा गोल गरेका थिए भने अर्को खेल सहाराका हरि कठायतले ५५औं मिनेटमा गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने क्वाटरफाइनलमा मोडेल क्लब र आयोजक जय किसान स्पोर्टस क्लब(ए)बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । अर्को क्वाटरफाइनल खेलमा न्यू डाँफे र सहारा क्लब इन्डियाबिच दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुने आयोजक क्लबले बताएको छ ।
जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।