प्रथम संघारी भेट्रान कप, एक्स आर्मी विजयी

नेपालगञ्ज – नेपालगञ्जमा प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

नेपालगञ्जमा रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एक्स आर्मीले एफसी संघारी ए टीमलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । एक्स आर्मीका लागि लक्ष्मण घर्तिले ह्याट्रिक गरेका थिए । एक्स आर्मीबाट यामबहादुर श्रेष्ठ र नरेन्द्रबहादुर थापाले २÷२ र प्रकाश विसीले १ गोल गरेका थिए ।

यो खेलको म्यान अफ द म्याच एक्स आर्मीका नरबहादुर थापा भए । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरे ।

भेट्रान कपमा जिल्लाका आठ वटा क्लवले भाग लिएका छन् । प्रतियोगिताको विजेतालाई २५ हजार र उपविजेतालाई १५ हजार पुरस्कार राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !