होटलको १४ कठ्ठा जग्गा कसरी पुग्यो १८ कठ्ठा ?

नेपालगञ्ज – नेपालगञ्जका सुरेन्द्रकुमार श्रेष्ठले आफ्नो ५ धुर जग्गा होटल डायमण्ड प्यालेस प्रालि (सिग्नेट कृष्णा) ले च्यापेको बताउनु भएको
छ ।

सोमबार पत्रकार सम्मेलन गरेर श्रेष्ठले आफ्नो ५ धुर जग्गा च्यापेर होटलले संरचना बनाएको बताउनुभयो । आफ्नो च्यापिएको जग्गाको विषयमा कुरा राख्दा ज्यान मार्ने धम्की आएकाले प्रहरीमा जीउधनको सुरक्षाको लागि निवेदन दिएको बताउनुभयो ।

सुरेन्द्रबहादुर सिंहले सञ्चालन गरेको होटल डायमण्डले आफ्नोसँगै योगेन्द्र स्वाँरको आठ धुर, कालीमाई मन्दिरको ३ कठ्ठा जमिन हडपेको श्रेष्ठले बताउनुभयो । केही स्थानीय व्यक्तिसँगै उपस्थित भएका श्रेष्ठले होटलले १४ कठ्ठा जमिन किनेकोमा अरुको सरकारी र ऐलानी जग्गा च्यापेर १८ कठ्ठा पु¥याएको बताउनुभयो ।

जग्गाको विवाद अदालतसम्म पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !