अण्डा दिने कुखुरालाई थुनेर नपाल्न अभियान

नेपालगञ्ज – एनिमल नेपालले अण्डा दिने कुखुरालाई थुनेर नपाल्न देशव्यापी अभियान चलाएको छ ।

पशु पंक्षीको अधिकार÷संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले ‘अण्डा उत्पादन गर्ने कुखुराको कल्याणको निमित्त अभियान’ नाम दिएर खुल्ला वातावरणमा कुखुरा पाल्न आग्रह गरेको हो । ‘पिजडामा थुनेर पालेका कुखुराले दिएको अण्डा राम्रो हुँदैन, कार्यक्रम संयोजक मधु कट्टेलले भन्नुभयो, खुल्ला वातावरणमा हुर्केका कुखुराले दिने अण्डा र थुनेर पालेका कुखुराले दिने अण्डामा फरक हुन्छ । खुल्ला वातावरणमा पखेटा फट्फटाउने, दौडधुप गर्ने कुखुराले दिने अण्डा पोषिलो हुन्छ ।’

एनिमल नेपालले अण्डाको म्याद राखेर बजारमा पठाउने पनि माग गरिरहेको छ ।

पछिल्ला दिनमा व्यवसायिक रुपमा कुखुरा पाल्ने गरिएको छ । सानो खोरमा धेरै कुखुरा राखेको पाइन्छ । कुखुरालाई हल न चल गरेर पाल्नु हुँदैन भनेर एनिमेल नेपालले पिजडामुक्त अभियान थालेको छ ।

वरिष्ठ पशु चिकित्सक अतिशकुमार यादवले गधा, घोडा, खच्चरलाई काममा दलाएपनि उसको स्याहार हुन नसकेको बताउनुभयो ।

नेपालगञ्जमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका एनिमल नेपालका अधिकारीले कुकुरको बृद्धि रोक्न बन्ध्याकरण अभियान थालेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा वार्षिक दुई सय कुकुरको बन्ध्याकरण गरिरहेको वरिष्ठ पशु चिकित्सक यादवले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !