बागेश्वरी मन्दिरमा महाआरती शुरु

नेपालगञ्ज – नेपालगञ्जको बागेश्वरी मन्दिरमा महाआरती शुरु गरिएको छ ।

बागेश्वरी गुठी व्यवस्थापन समितिको संयोजनमा पहिलो पटक मन्दिरमा महाआरती गरिएको छ ।

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा शुरु गरिएको महाआरती हप्तामा एकपटक गर्ने र केही पछि दैनिक गर्ने तयारी गरिएको छ ।
गुठी व्यवस्थापन समितिका संयोजक एवं सांसद डा. धवलशमशेर राणाले लामो समयको प्रयासपछि बागेश्वरी महाआरती गर्न सकिएको बताउनुभयो ।

कोहलपुरको जानकी मन्दिरमा रहेका १२ जना बटुकले मन्त्रोचरण गरेर महाआरती गरेका थिए । नेपालगञ्जका मेयर प्रशान्त विष्ट, मन्दिरका मूल महन्त चन्दननाथ योगी, गुठीका पदाधिकारी, भारतबाट आएका व्यवसायी र पत्रकार तथा स्थानीयको बाक्लो उपस्थितिमा महाआरती गरिएको थियो ।

मन्दिरमा दैनिक आरती भएपनि महाआरती हुने गरेको थिएन । धार्मिक पर्यटनको केन्द्र विन्दु बागेश्वरीमा पश्चिम नेपालमा आउने पर्यटकहरु एक पटक दर्शन गर्न आउने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !