कैलाश मानसरोबर दूरदर्शनका लागि १६ गते माउन्टेन फ्लाइट

नेपालगञ्ज – कैलाश मानसरोबरको दूरदर्शनका लागि माघ १६ गते पहिलो पटक नेपालगञ्जबाट माउन्टेन फ्लाइट हुने भएको छ ।

नेपालगञ्जमा आइतबारदेखि हुन थालेको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिसनको अवसरमा चीनमा रहेको कैलाश मानसरोबरको दूरदर्शनका लागि माउन्टेन फ्लाइट हुन थालेको हो । पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट हुँदै आएको छ ।

मार्ट आयोजक समितिका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार, नौ जना भारतीय पत्रकारसहितको टोलीले बुद्ध एयरको जहाजबाट मुगुको राराताल, हुम्ला लिमी उपत्यका हुँदै नेपाली आकाशबाटै कैलाश मानसरोबरको दर्शन गर्नेछन् । त्यसका लागि बुद्ध एयरसँग सम्झौता गरिसकिएको छ ।

माघ १५ देखि १७ गतेसम्म नेपालगञ्जमा हुने मार्टमा पर्यटन व्यवसायीको व्यवसायिक विकास, विस्तारका विषयमा छलफल हुने आयोजकले बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरेर यो बारेमा जानकारी दिइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !