पालिकातिर फैलिदै दादुरा संक्रमण

नेपालगञ्ज – बाँकेमा दादुरा संक्रमण फैलिदै गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै देखिएको दादुरा अहिले अन्य गाउँपालिकामा पनि देखिएको छ ।

स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका साथै कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा पनि दादुरा संक्रमण देखिएको छ ।

नेपालगञ्जमा एक सय ९१ जनामा दादुरा देखा परिसकेको छ । खजुरामा तीन जना, कोहलपुरमा दुई जना र नरैनापुरमा एक जनामा दादुरा देखिएको छ । दादुरा देखिएको ठाउँमा दादुराविरुद्धको खोप अभियान थालिएको छ ।

नेपालगञ्जका १६ वटा वडामा खोप अभियान सञ्चालन गरिएको छ । खजुरा गाउँपालिकाका ८ वटै वडामा खोप अभियान थालिएको छ । जिल्लामा अहिलेसम्म २ सय ९ जनामा दादुरा देखिएकोमा १ सय ५० जना निको भएका छन् भने ५८ जना उपचारमा छन् । एक जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !