चिनी र कुर्ता सुरुवाल बरामद

नेपालगञ्ज – बाँके प्रहरीले भन्सार छलेर ल्याएको चिनी र कुर्ता सुरुवाल नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, जयसपुरले अवैध रुपमा भित्र्याइएको एक क्वीन्टल चिनी र ९० थान कुर्ता सुरुवाल बरामद गरेको हो ।

बरामद गरेको चिनी र कुर्ता सुरुवाल भन्सार कार्यालय पठाइएको छ । बरामद सामानको मूल्य असी हजार कायम गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !