नेपालगञ्जको होटलबाट नक्कली नोटसहित पैसा छाप्ने मेसिन बरामद

 

तस्बिर : गुगल ।

नेपालगञ्ज – नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद भएको छ ।

धम्बोझीचोकस्थित रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट बरामद भएको छ ।

पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपैयाका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको छ ।

बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताउनुभयो । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !