केही दिन पछि स¥यो, स्व. श्याम थापा स्मृति फुटबल

नेपालगञ्ज – दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिता–२०७९ प्राविधिक कारणले केही दिन पछि सरेको छ ।

जय किसान स्पोर्टस क्लबको आयोजनामा यही पुष २७ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको थियो । तर, प्राविधिक कारणले प्रतियोगिता दुई साता पछि गर्ने निर्णय भएको जय किसान स्पोर्टस क्लबका अध्यक्ष दिपु रानाले बताउनुभयो ।

अध्यक्ष रानाले भन्नुभयो, ‘प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको थियो । तर हामीले विगत भन्दा भव्य गर्ने सोच बनाएकाले तयारीका लागि थप समय लाग्ने देखियो । क्लबको बैठकमा छलफल गरेर अब हामी केही दिनभित्र छिटटै प्रतियोगिता आयोजनाको नयाँ मिति सार्वजनिक गर्नेछौं ।’

बाँके जिल्लामा चर्चित प्रतियोगिताको रुपमा चिनिएको छ, दोस्रो स्वः श्याम थापा स्मृति फुटबल प्रतियोगिता । यस क्षेत्रका चर्चित खेलाडी श्याम थापा ‘हुईया’ स्मृतिमा यो प्रतियोगिता गत वर्षदेखि आयोजना गर्न सुरु गरिएको थियो । प्रतियोगिताले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएको बताउनुहुन्छ, जय किसान स्पोर्टस क्लबका महासचिव दिपक राना । जसका कारण हरेक वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि सँगै प्रतियोगितामा स्तरीय टिमहरुलाई सहभागी गराउने गरिएको महासचिव रानाले बताउनुभयो ।

यसपटक प्रतियोगिताको दोस्रो संस्करणमा भारतीय क्लब सहित पश्चिम नेपालका चर्चित क्लबहरुलाई आमन्त्रण गरिएको महासचिव रानाले जानकारी दिनुभयो ।

आयोजक जय किसान स्पोर्टस क्लबका उपाध्यक्ष केशव रानाका अनुसार, प्रतियोगितामा यसपटक विजेता हुने टिमलाई १ लाख २१ हजार, दोस्रोलाई ६१ हजार रुपैयाँ नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान ५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ ।

प्रतियोगितामा गत वर्ष आयोजक जय किसान स्पोर्टसले कैलालीको मसुरिया फुटबल एकेडेमीलाई हराउँदै उपाधि रक्षा गरेको थियो ।
स्वः श्याम थापा बाँके खजुरा गाउँपालिका वडा नम्बर १ निवासी खेलाडी थिए । जसले आफनो उत्कृष्ट खेल शैलीले पश्चिम नेपाललाई राष्ट्रिय स्तरमा चिनाएका थिए । थापाकोे सम्मान स्वरुप श्याम थापा जन्मिएको गाउँमा प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !