माघ महोत्सवको तयारी पूरा

नेपालगञ्ज – नेपालगञ्जमा हुने दुई दिने लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको सम्पूर्ण तयारी पुरा गरिएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना गर्न थालिएको माघ महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् ।

थारू कल्याणकारिणी सभा, बाँकेले यही पौष २७ र २८ गते नेपालगञ्जको रमलीला मैदानमा महोत्सव गर्दैछ ।

माघ महोत्सवमा आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेषभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकी रहेको झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिनुभयो ।

महोत्सवमा राष्टिूय हांस्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकारको उपस्थिति रहने संयोजक थारुको भनाई छ ।

महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अथिति तथा लुम्विनी प्रदेशका पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले तथा बिशिष्ट अथिति पूर्वमन्त्री फत्तेसिंह थारु र समाजसेवी गोपाल दहितको उपस्थिति रहने संयोजक थारुले जानकारी गराउनुभयो । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरिने छ ।

महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषा सहित हलो जुवा, छिट्वा, ढकिया, डेल्वा, छट्री, सहित नेपालगञ्जको मुख्यबजार धम्बोझीचोकदेखि निस्कने झाँकी सहितको ¥याली सेतुविक चोक, न्युरोड, त्रिबेणीमोड, त्रिभुवन चोक, सदरलाइन, भेरी अस्पताल हुँदै रामलिला मैदानमा पुग्ने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !