खजुरामा पनि देखियो दादुरा

नेपालगञ्ज – बांकेको खजुरामा पनि दादुराको बिरामी देखिएको छ ।

नेपालगञ्जमा दादुराको प्रकोप बढेको बेला खजुरा गाउंपालिकामा समेत संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, खजुरा गाउंपालिका वडा नम्बर २ मा ११ वर्षिय बालकमा दादुरा देखिएको छ । नेपालगञ्जमा भने संक्रमण बढ्दो छ । अहिले यहाँ खोप लगाउने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !