नानपाराको प्रतियोगितामा नेपालगञ्जको टीम सेमिफाइनलमा

नेपालगञ्ज – भारतको नानपारामा भइरहेको सआदत अलि मेमोरियल फुटबल प्रतियोगितामा नेपालगञ्जको टीम सेमिफाइनलमा पुगेको छ ।

मनिष थापाले तयार पारेको नेपालगञ्जको मानवी स्पोर्टस क्लवले विकास क्लव, बहराइचलाई पराजित गरेको हो । मानवी स्पोर्टसको तर्फबाट पहिलो गोल बसन्त मगरले गरेका थिए भने उनकै पासमा प्रकाश बुढाथोकीले दोस्रो गोल गरेका थिए ।

नानपाराको सआदत इन्टर कलेज परिसरमा खेलाइएको प्रतियोगितामा नेपालगञ्जको टीमले बहराइचको टीमलाई पुरै अवधि दबाबमा राखेको थियो ।

बहराइचको टीमले एउटा पनि तार्गेट प्रहार गर्न सकेन । खेल अवधिभरी नै नेपालगञ्जका किपर दिनेश चटौतले दबाब खेप्नु परेन । आयोजकले खेलमा पहिलो गोल गर्ने खेलाडीलाई पाँच सय रुपैया पुरस्कार राखेका थिए । जुन नेपालगञ्जका बसन्तले पाए ।

नेपालगञ्जका टीम प्रशिक्षक केशव रानाले पहिलो हाफमा केही अवसर खेर जादा खेलाडीलाई दबाब बढेपनि राम्रो खेल प्रदर्शन गरेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !