बयर खान जादै गरेका दुई जना नदीमा बेपत्ता

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा दुई जना बेपत्ता भएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६, डाँडाटेपरीका २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु नदीमा बेपत्ता भएका हुन् ।

विहान ११ बजे बयर खान नदी पारी जाने क्रममा नदीमा बेपत्ता भएको अस्थायी प्रहरी चौकी (ख), फत्तेपुरका प्रहरी नायव निरीक्षक यम बस्नेतले जानकारी दिनुभयो । स्थानीय सात जना मिलेर बयर खान जादै थिए । हात समातेर नदी तर्ने क्रममा हात छुट्दा दुई जनालाई नदीले बगाएको प्रहरीले बताएको छ । अरु पाँच जना पौडेर निस्केका थिए ।

प्रहरी, स्थानीयले उनीहरुको खोजी गरिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !