कन्या स्कूलमा सिलाई कटाई कक्षा शुरु

नेपालगञ्ज – नेपालगञ्जको सल्यानीबंगलामा रहेको कन्या माविका विद्यार्थीलाई सिलाई कटाई सिकाउन शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा २५ वटा मिसिन राखेर स्कूलमै सिलाई कटाई सिकाउन शुरु गरिएको हो ।

सिलाई कटाई कक्षा सञ्चालनको शुक्रबार नवनिर्वाचित सांसद डा. धवलशमशेर राणाले उद्घाटन गर्नुभयो । सो अवसरमा डा. राणाले शुरुमा बुवा आमालाई सम्झाई बुझाइ गरेर छोरीहरुलाई स्कूलमा ल्याउन गरेको मेहनतलाई सम्झिदै आज स्कूलमा बच्चीहरु पढेको देख्दा खुशी लागेको बताउनुभयो ।

प्रशिक्षक संगीता गौतमले ६ देखि ११ कक्षासम्मका विद्यार्थीलाई ‘सेडुअल’ मै राखेर सिलाई कटाई सिकाउने जानकारी दिनुभयो । एउटा कक्षाका विद्यार्थीलाई हप्तामा दुई दिन सिलाई कटाई कक्षा लिइन्छ ।

विद्यार्थीलाई ६ महिनासम्म सिलाई कटाई कक्षा सञ्चालन गरिने स्कूलका परामर्शदाता किरण आचार्यले जानकारी दिनुभयो । कन्या स्कूललाई यहाँसम्म ल्याइपु¥याउन आचार्यको ठूलो योगदान रहेको छ ।

स्कूलमा अहिले ५ सय ८५ जना विद्यार्थी रहेको प्रधानाध्यापक बुझेश जयसवालले जानकारी दिनुभयो । स्कूल व्यवस्थापन समितिका अध्यक्ष रेणु शेरचनको अध्यक्षतामा भएको सिलाई कटाई कक्षा उद्घाटन कार्यक्रममा वडाध्यक्ष गोपाल पुन, निवर्तमान वडाध्यक्ष सफिक बेहना, निवर्तमान कार्यपालिका सदस्य इन्दिरा शाहीलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !