मेयर कप साइकल दौड हुँदै
नेपालगञ्ज – नेपालगञ्जमा शनिबार पाँचौं मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ ।
नेपालगञ्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगञ्जमा मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको हो ।
क्लवका अध्यक्ष सतिश निरौलाका अनुसार, शनिबार हुने प्रतियोगितामा ५० जना बढी महिला र पुरुषले भाग लिदै छन् । प्रतियोगितामा विभिन्न ५ विधा रहेका छन् । पुरुषको ३५ किलोमिटर, महिलाको २५ किलोमिटर, ४० वर्षमाथिका भेट्रान्सको २५ किलोमिटरमा माउन्टेन साइकल, साधारण साइकलमा पुरुषको २० किलोमिटर र महिलाको १५ किलोमिटरको प्रतियोगिता रहेको छ ।
पुरुषको ३५ किलोमिटरमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार राखिएको छ । महिलामा प्रथम हुनेलाई १२ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई सात हजार, भेट्रान्समा प्रथमलाई १२ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई सात हजार, साधारण साइकलका महिला र पुरुष विजेतालाई ७ हजार, ५ हजार र तीन हजार पुरस्कार राखिएको क्लवका सचिव प्रदीप सापकोटाले जानकारी दिनुभयो ।
वि.सं. २०७५ सालबाट मेयर कप साइकल दौड प्रतियोगिता शुरु भएको थियो । संस्कृति, प्रकृति, स्वस्थ्य, पर्यटन र खेलकुदका लागि साइकल भन्ने मुख्य नारासहित प्रतियोगिता हुँदै आएको छ ।