बाँके–३ प्रदेश खमा कांग्रेसका कुर्मी विजयी
नेपालगञ्ज – बाँके क्षेत्र नं. ३ को प्रदेश खमा नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी भएका छन् ।
जानकी गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाको केही वडा समेटिएको प्रदेश खमा कुर्मीले एमालेलाई भीम वलीलाई पराजित गरेका हुन् ।
कुर्मीले १३ हजार ४ सय ३३ मत ल्याए । निकटतम प्रतिस्पर्धी एमालेका वलीले १० हजार ९ सय ५० मत ल्याए । जसपाका विजय पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन् । कुर्मी संविधान सभा सदस्यसमेत हुन् ।